रेडियो नेपाल सुर्खेतबाट ‘जलसम्पदा’ कार्यक्रम प्रसारण हुने”
सुर्खेत। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट ‘जलसम्पदा’ रेडियो कार्यक्रम प्रसारण हुने भएको छ।

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल सुर्खेत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो ।
मन्त्रालयबाट जलस्रोत, ऊर्जा तथा सिँचाइका क्षेत्रमा भएका गतिविधि तथा खानेपानी र सरसफाइ सम्बन्धी जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारण सम्बन्धी दुईपक्षिय सम्झौता भएको छ । आज मन्त्रालयका सचिव डा.योगेन्द्र मिश्र र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख बिजय कुमार बर्माले सम्झौता पत्र आदानप्रदान गर्नुभयो । पाक्षिक रूपमा प्रसारण हुने जलसम्पदा कार्यक्रम अब प्रत्येक महिना दोस्रो र चौथो शनिवार बेलुकी ५ः४५ बजे देखी ६ः०० बजेसम्म सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रूपमा कर्णाली प्रदेशमा स्वच्छ खानेपानीको पहुँच तथा सरसफाइको अवस्था, खानेपानीजन्य रोग नियन्त्रण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सचिव डा.योगेन्द्र मिश्रले सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्