टिपरले ठक्कर दिँदा दमकमा दुई जनाको मृत्यु
भद्रपुर, झापा । झापाको दमकमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज अपराह्न दमक–१ बरगाछीस्थित भित्री सडक खण्डमा मे१ख २८८४ नम्बरको टिपर र प्र. १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा रहेका इलाम चुलाचुली–४ बस्ने २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिपर चालक उदयपुर त्रियुगा–९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज राय, टिपर र मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्