जथाभाबी पार्किङ गर्ने बस चालक कारबाहीमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभाबी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने १५ वटा रात्रिकालीन बस चालकलाई कारबाही गरेको छ ।
आज उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा कारबाही गरिएको हो । लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म नगई बाटोमै पार्किङ गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका बसलाई यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत दफा ७५ र दफा १६० अनुसार कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्