तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन लक्षित अप्रेसनबाट १ सय १५ भरुवा बन्दुक बरामद

बागलुङ । पछिल्लो ४० दिनमा जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय १५ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचन लाई लक्षित गरी चलाएको अप्रेसनमा प्रहरीले जिल्लाका विभिन्न क्षेत्र बाट अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङले ६६ नाल, गलकोट बाट ४५ नाल र बरेङ डाँडाबाट ४ नाल गरी १ सय १५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लुकाइछिपाई राखिएको अवस्थामा अवैध बन्दुक फेला पारिएको हो ।

ग्रामीण क्षेत्रमा वन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियान अन्तर्गत एक सय १५ थान बन्दुक फेला पारिएको एसपी भारतीले बताउनुभयो ।

चोरी शिकारीका लागि वनजंगल र पुराना घरहरूमा लुकाइछिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button