तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी। बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ। 

दशरथचन्द नगरपालिका वडा न-५ को चमखाली खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मङ्गलवार राती साढे ८ बजेको समयमा दशरथचन्द नगरपालिका वडा न-४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो । 

तालिम सकेर फर्किने क्रममा दशरथचन्द नगरपालिका वडा न-४ को खरकटे सल्लेरी भिरमा लडेर मृत्यु भएको हो । 

भिरबाट लडेका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button