तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि निर्वाचन केन्द्रित सेना परिचालन

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन सुरु गरिएको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन लागू भएको एकीकृत सुरक्षा योजना अनुरूप नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालित भएका छन्।

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। २१ फागुनमा हुने निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयमा परिचालन गरिएको हो।

मतदानस्थलको भित्री सुरक्षा प्रहरी र निर्वाचन प्रहरीको जिम्मेवारीमा रहनेछ भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले सम्हाल्नेछ। बाहिरी सुरक्षा घेरामा नेपाली सेनाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नेछ। यसअन्तर्गत सेना १ सय ६५ निर्वाचन क्षेत्रमा परिचालित भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button