तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचन: मधेशमा एक प्रदेशसभा सदस्य सहित २३ अनुपस्थित 

जनकपुरधाम । मधेस प्रदेश रिक्त रहेका ४ राष्ट्रिय सभा सदस्यका भएको मतदानमा १ जना प्रदेश सभा सदस्य तथा २२ जना प्रमुख तथा उपप्रमुख अनुपस्थित हुनु भएको छ । 

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्रमा बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म भएको मतदानमा प्रदेश सभा तर्फ सङ्घीय समाजवादी पार्टीका एक मात्र प्रदेश सभा सदस्य विमला अन्सारी तरन्नुम अनुपस्थित हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

चार सिटका लागि ११ जना उम्मेदवारहरू चुनावी मैदानमा रहनु भएको छ । मधेस प्रदेशमा हाल कायम रहेको १०४ जना प्रदेशसभा सदस्य मध्ये ४ जना प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएपछि १ सय कायम रहेको छ । एक सयमा ९९ सय जनाले मतदान गर्नु भएको छ । 

२६६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कूल ३६४ जना मतदाता रहनु भएकोमा स्थानीय तह तर्फ २२ जना अनुपस्थित रहेको मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले जानकारी दिनु भयो । प्रदेश र स्थानीय तहबाट गरेर कूल ३ सय ६४ मतदाता मध्ये २३ जना अनुपस्थित भएर ३ सय ४१ जनाले मतदान गर्नु भएको छ ।   

यसरी अनुपस्थित रहनु भएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, उपप्रमुख शैल कुमारी साह, रौतहटकै कटहरीया नगरपालिकाका प्रमुख अजय प्रकाश, फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख अमवेया खातुन अनुपस्थित रहनु भएको छ । 

यसै गरी बाराका फेटा नगरपालिका उपप्रमुख निलम साह, महोत्तरीको औरही प्रमुख प्रदीप कुमार खड्का, पर्साकय छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, महोत्तरीका मनरा शिशवा नगरप्रमुख मोहन पाण्डे, धनुषाका नगराईन नगरपालिकाका उपप्रमुख राधा देवी यादव, सर्लाहीका बलरा नगरपालिकाका प्रमुख रामशंकर प्रसाद कुशवाहा, लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो रहनु भएको छ । 

राष्ट्रिय सभा सदस्यको चुनावमा अनुपस्थित रहनु भएका स्थानीय तहका अन्य पदाधिकारीहरूमा बाराका फेटा नगरपालिकाका उपप्रमुख रुस्तम अन्सारी, महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेण कुमारी महतो, पर्साका बहुदरमाई नगरपालिकाका प्रमुख सिहासन साह तेली सहितका रहनु भएको छ । राष्ट्रिय सभा सदस्य तर्फ प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहको प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button