तपाईँ सुन्दै हुनुहुन्छः

आँखा शिविरबाट १९ सय लाभान्वित

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट १ हजार ९ सय जनाले सेवा प्राप्त गरेका छन् ।

फिदिम नगरपालिकाको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविर माघ ६ गते सुरु भएको थियो । शिविरमा ७ सय १२ जनालाई चस्मा वितरण, ९८ जनाको मोतीबिन्दु अपरेशन, २ जनाको आँखीभौँ भित्र पसेको अपरेशन, १ जनाको नेत्र नली र ८ जनाको मासु पलाएको अपरेशन गरिएको स्वास्थ्य शाखा प्रमुख ओम प्रसाद यादवले जानकारी दिनुभयो । 

शिविरमा पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमका बिरामीहरूले पनि सेवा लिएका थिए । 

पिछडिएको समुदायलाई स्वास्थ्य सेवाको पहुँच पुगोस् भनेर शिविरको आयोजना गरिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button