जेनजी प्रदर्शनको छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षति सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यर्थाथ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित आयोगको म्याद थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं गृह मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैठकबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने र सरकारको प्रवक्तामा गृह मन्त्री ओमप्रकाश अर्याललाई तोक्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्