तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा रुकुम पूर्वबाट मनोनयन दर्ता

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनुभएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उहाँले आज जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो।

मनोनयन दर्ताका क्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ऐतिहासिक जनयुद्धको उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारीलाई राजनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले जनताको विश्वास र समर्थनका आधारमा परिवर्तन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रुकुम पूर्वका सहिद परिवार, घाइते तथा अपाङ्ग नागरिकहरूबाट निरन्तर सहयोग र समर्थन पाएको उल्लेख गर्नुभयो।

आगामी निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले क्षेत्रीय विकास, समावेशिता र जनताको जीवनस्तर उकास्ने एजेन्डालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने बताउनुभएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button