तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा निर्वाचन: पर्साका ४ वटै क्षेत्रमा मनोनयन दर्ता तीव्र

बीरगंज। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्साका ४ वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ।

पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार  जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उहाँले जानकारी दिनुभयो । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ ।

हालसम्म प्राप्त जानकारीअनुसार पर्सा निर्वाचन क्षेत्र न–१ मा ५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृत रेग्मीका अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ ,  नेकपा एमालेका उम्मेदवार प्रदिप यादव, लगायत ५ जनाले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापित पर्सा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएउनु भएको छ । 

त्यसै गरी निर्वाचन क्षेत्र न–२ मा ४ जनाले क्षेत्र न–३ मा ३ जनाले क्षेत्र न–४ मा ५ जनाको उम्मेदवारी दर्ता भइसकेको पर्साका मुख्य निर्वाचन अधिकृत रेग्मीले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्साका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत रेग्मीले पर्सा क्षेत्र नं १ र २ का उम्मेदवारहरूले जिल्ला समन्वय समिति, पर्सामा, क्षेत्र नं ३ का उम्मेदवारहरूले पोखरिया नगरपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं ४ का उम्मेदवारले लङ्गडीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्धवारी मनोनयनपत्र दर्ता गराइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button