प्रतिनिधिसभा निर्वाचन तयारीका लागि बागमती प्रदेशका ६ सांसदद्वारा राजीनामा

मकवानपुर । आगामी २१ फागुनमा घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्।
प्रदेशसभा सचिवालयका अनुसार राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र बसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०)का सुनिल केसी रहेका छन्।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका दोलखाका सांसद कुन्दनराज काफ्लेले हेटौँडा–१० स्थित प्रदेशसभामा उपस्थित भई उपसभामुख अप्सरा चापागाईँलाई आजै राजीनामा बुझाउनु भएको हो। अन्य सांसदहरू मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले भने प्रदेशसभाको इमेलमार्फत राजीनामा पठाएका हुन्।
प्रदेशसभा सचिवालयले उनीहरूको राजीनामा पत्रमाथि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्