वडा कप फुटबलमा अल्पाइन पब्लिक स्कुल विजयी
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित धर्मघरमा भएको तेस्रो जिल्लाब्यापी मावि स्तरीय छात्र वडा अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२ को विजेता अल्पाईन पब्लिक स्कुल चरिकोट भएको छ ।

प्रतियोगिताको उपविजेता मोर्डन बोर्डिङ स्कुल चरिकोट भएको छ । त्यसैगरी म्यान अफ दी म्याच अल्पाईन पब्लिक स्कुल चरिकोटका राजेश शिवभक्ती, उत्कृष्ट गोल रक्षक अल्पाईन पब्लिक स्कुल चरिकोटका निकेश तामाङ, उत्कृष्ट खेलाडी अल्पाईन पब्लिक स्कुल चरिकोटका रोशन बस्नेत र सर्वाधिक गोलकर्ता मोर्डन बोर्डिङ स्कुल चरिकोटका नवीन तामाङ भएका छन् ।
प्रतियोगितामा विजेता टिमलाई नगद ७५ हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ४५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रवि बस्नेतले बताए ।
भीमेश्वर नगरपालिका वडा नम्बर–५को आयोजना तथा बुढा भीमसेन सिर्जनशील क्लब र भिजन युथ क्लबको व्यवस्थापनमा भएको प्रतियोगितामा भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका १६ वटा माध्यमिक विद्यालयका १८ वटा टिमको सहभागिता रहेको थियो ।
विजयी टिम तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले खेलको विकासको लागि भीमेश्वर नगरपालिकाले सधैँ सहयोग गर्दै आएको बताए ।








प्रतिक्रिया राख्नुहोस्