तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा तिलासंक्रान्ति पर्व धुमधामले मनाइँदै 

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा धुमधामका साथ आज तिलासंक्रान्ति पर्व मनाईँदैछ । 

सबेरै घर नजिकै रहेको नदी तलाउ एवं सरोवरहरूमा स्नान गरेर घरका देवतालाई तयार पारिएको तिल, च्युरा, मुरही सहितका खाद्यान्नका लड्डु अर्पण गरेर घरका मूल व्यक्तिले आफ्ना सन्तानलाई तिल, चावल र गुण मिसाइएको परिवार तीन पटक खुवाएर अन्तिम समयसम्म साथ दिने बाचा गराउने चलन रहेको छ ।  

स्थानीय भाषामा यस चलनलाई “तीलखत” भराउने भनिन्छ । यस्तो गरिएमा छोरा छोरीलाई आमा बुबाप्रतिको कर्तव्यप्रति सजग बनाउने मान्यता रहेको पाइन्छ । यसका साथै घरका मूल व्यक्ति तथा हुनेले नहुनेलाई दानको रुपमा तिल, च्युरा, मुररहीको लड्डु तथा बाक्लो एवं न्यानो लुगा दान दिने चलन रहेको छ । 

आजको दिन बालबालिकाहरूले जति डुबुल्की नदी वा तलाउमा लगाउँछन् त्यति नै मात्रामा तीलको लड्डु खान पाउने भएकाले नुहाउन नचाहनेले पनि नुहाउने गरेका छन् ।आजको दिन देखि दिन लामो हुने र रातको समय घट्ने मान्यता रहेको छ । जाडो कम हुने र न्यानो बढ्दै जाने पनि मान्यता रहेको छ ।

गुण तथा तीलको लड्डु खानाले शरीरलाई तातो बनाउने मान्यता रहेको छ । यसका साथै आजको दिन घ्यु सँगै विशेष प्रकारले तयार पारेको खिचडी खाने चलन रहेको छ । यसै अवसरमा जनकपुरधामको जानकी चौकमा सामूहिक खिचडीको भोज विगत वर्ष झैँ यस वर्ष आयोजना गरिइएको छ । त्यस भोजमा जनकपुरधामका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button