तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा माघे संक्रान्ति तथा माघीको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमार्फत उहाँले माघे संक्रान्ति पर्व नेपालका विभिन्न समुदायले आफ्ना संस्कार, संस्कृति र परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै आएको उल्लेख गर्नुभएको छ। यस अवसरमा पवित्र नदीमा मकर स्नान गर्ने, पूजा–आराधना गर्ने तथा तरुल, सेलरोटी, तिलको लड्डु, घिउ–चाकुजस्ता परिकार ग्रहण गर्ने परम्परा रहेको उहाँको भनाइ छ। साथै, थारु समुदायमा माघीलाई नयाँ वर्ष तथा विशेष पर्वका रूपमा मनाइने पनि स्मरण गराउनुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले माघे संक्रान्ति तथा माघी पर्वले प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै सभ्य, सुसंस्कृत, विकसित र समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button