तपाईँ सुन्दै हुनुहुन्छः

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङ जिल्ला थाँक्रे गाउँपालिका ३ का ३१ वर्षीय केशब बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

पाल्पा गुल्मी सडक खण्डको रिब्दीकोट गाउँपालिकाको जोर्तेमा पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना भएको हो । 

टिपर सडकदेखि दुई सय मिटर तल खोलामा खसेको हो । टिपर बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button