मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी आज जनकपुरधाममा
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी आज जनकपुरधाममा हुँदैछ ।
गृहमन्त्री ओमप्रकाश आर्यालको प्रमुख आतिथ्यमा हुने गोष्ठीमा मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा अधिकारी तथा प्रदेशस्तरीय सुरक्षा प्रमुखहरूको सहभागिता रहने छ ।
बिहान सुरु हुने गोष्ठीमा निर्वाचनको तयारी, सीमा व्यवस्थापन, अपराध नियन्त्रण, भन्सार छलि लगायतका विषयमा समीक्षा हुने कार्यक्रम छ ।
गृहमन्त्रालय तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको गोष्ठीमा मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित प्रदेश सरकारका मन्त्रीहरू र सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी हुनेछन् ।
गोष्ठीमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका प्रमुखहरूको सहभागिता रहने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद द्विटेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्