तपाईँ सुन्दै हुनुहुन्छः

अटो दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ धुले ओडारमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

सिर्पबाट सुलिचौरतर्फ आउँदै गरेको अटो अनियन्त्रित भई सडक किनारको पोलमा ठोक्किँदा लुङ्ग्री–१ पाङ निवासी २५ वर्षीय जोगमान बस्नेत गम्भीर घाइते हुनुभएको थियो । 

घाइते चालकलाई उपचारका लागि सुलिचौर हुँदै बुटवल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button