तपाईँ सुन्दै हुनुहुन्छः

विषालु च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा। गोरखा नगरपालिका–१४ मा डेरा गरी बसेका एकै परिवारका चार जना विषालु च्याउ खाँदा बिरामी परेका छन्।

मकवानपुरको बागमती नगरपालिका–१३ घर भएका उनीहरू स्थानीय राममाया भण्डारीको घरमा बस्दै आएका थिए।

घर नजिकै परालको टौवामा उम्रिएको च्याउ तरकारी बनाएर खाँदा ३० वर्षीय हिरा पहरी, १२ वर्षीय किसान पहरी, ६ वर्षीय हिमाल पहरी र ५ वर्षीया सुजिता पहरी बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सोमबार साँझ च्याउको तरकारी र भात खाएको केही समयपछि उनीहरू अस्वस्थ भएका स्थानीय जनप्रतिनिधि गोपालबाबु थापाले बताउनुभयो

बिरामीहरूको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सक डिवी क्षेत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button