ट्रकको ठक्करबाट महिलाको मृत्यु
जलेश्वर (महोत्तरी) । महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवाा–११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो ।
लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी ठाकुरलाई ठक्कर दिएको हो । ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्