टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ को अवस्था गम्भीर
मकवानपुर । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको सुमो दुर्घटना भएको हो ।

आइतबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन् । प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर र बालक तथा बालिकासहित २ जनाको अवस्था मध्यम रहेको जनाइएको छ । घाइतेहरूको सनाखत हुन बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्