तपाईँ सुन्दै हुनुहुन्छः

निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकारअन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महाङ्घद्वारा आज आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ विषयक कार्यक्रममा मन्त्री खरेलले निजीक्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो । “समाजवादउन्मुख राज्यव्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन”, मन्त्री खरेलले भन्नुभयो, “उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ ।”

सोही कार्यक्रममा उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पार्नुभयो । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button