तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीमा राष्ट्रिय सभा निर्वाचन माघ ११ गते

मकवानपुर । बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ।

 निर्वाचन व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने आज उक्त कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको छ।

देशभर १८ पदका लागि हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट दुई सिट रिक्त हुँदै छन्। महिला कोटातर्फ गङ्गा कुमारी बेलबासे र पुरुषतर्फ डा। बेदुराम भुसालको कार्यकाल आगामी फागुनमा सकिँदै छ।

निर्वाचन आयोगको तालिकाअनुसार पुस २३ गते उम्मेदवारी दर्ता हुने छ। 

बागमती प्रदेशका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका–४ निर्वाचन कार्यालयमा राखिएको छ। 

भने निर्वाचन स्थल हेटौडा ४ स्थित श्री भुटनदेवी माध्यमिक प्राविधिक विद्यालयमा तोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button