बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलवार बताउनु भएको छ ।
प्रवक्ता जियानले बङ्गलादेशको अन्तरिम सरकार र उहाँको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताउनु भएको छ ।
मिडिया रिपोर्टका अनुसार मङ्गलवार खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको हो ।
जिया चिनियाँ जनताको पुरानो मित्रका रूपमा लामो समयदेखि चीन–बङ्गलादेश मित्रताका लागि प्रतिबद्ध रहेको लिनले बताउनु भएको छ । बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा जियाले चीन–बङ्गलादेश सम्बन्ध विकास गर्न सक्रिय प्रयास गरेको र दुई देशले दीर्घकालीन मित्रता, समानता र आपसी साझेदारी स्थापना गरेकोसमेत लिनले बताउनु भएको छ ।
“चीन–बङ्गलादेश मैत्री प्रवर्द्धन र द्विपक्षीय सम्बन्धको विकासमा उहाँको महत्त्वपूर्ण योगदानलाई सदाका लागि स्मरण गरिने लिनले उल्लेख गर्नु भएको छ । रासस






प्रतिक्रिया राख्नुहोस्