तपाईँ सुन्दै हुनुहुन्छः

पदक विजेता नेपाली खेलाडीहरूलाई खेलकुद मन्त्रीको बधाई

काठमाडौँ । चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिनुभएको छ ।

लैनचौरस्थित टेबल टेनिस हलमा मङ्गलवार पदक विजेता खेलाडी कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिनुभएको हो ।

मन्त्री गुप्ताले एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिँदै थप उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाल क्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको पनि उपस्थिति रहेको थियो ।

नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले २ पदक जितेको थियो । नेपालका कृष्णले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए । यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button