तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर महिलाको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

सोमबार बिहान अन्दाजी ०८:३० बजे आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर २८ वर्षीया हरिना चौधरी गम्भीर घाइते हुनुभएको थियो । घाइते चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो । 

उपचारकै क्रममा बिहान ०९:५० बजे चिकित्सकले उहाँको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button