प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु
काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज बिहान मृत्यु भएको छ ।
काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिनुभयो ।
आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्