निःशुल्क स्वास्थ्य शिविरबाट साँढे तीन हजार व्यक्ति लाभान्वित
जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीमा सम्पन्न भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ५ सय जनाले सेवा पाएका छन् ।

स्थानीय समाजसेवी गङ्गाराम यादवको पहलमा भारतको दिल्लीमा रहेको मेधान्ता अस्पताल, प्रादेशिक अस्पताल र जनकपुरधामका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू सहभागी भएको शिविरमा निःशुल्क परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
सो पालिकाको तपसी बाबा विद्यालय तथा कलेजको प्राङ्गणमा सम्पन्न भएको बृहत् स्वास्थ्य शिविरमा जटिल उपचारको रुपमा रहेको मुटु, मृगौला, बाँझोपनका साथै आँखा, कान, नाक, घाटी, हाडजोर्नी, बाल तथा महिला रोग विशेषज्ञको सहभागिता थियो ।
मेधान्ताका डा. दिग्विजय कुमार ठाकुरको नेतृत्वमा भारतका ख्याति प्राप्त चिकित्सक डा. शालु गुप्ता, मनिष जैन तथा जनकपुर क्षेत्रका वरिष्ठ चिकित्सक डा. गौराङ्ग मिश्र तथा प्रादेशिक अस्पतालका चिकित्सकहरू, गङ्गालाल हृदय रोग केन्द्रका प्रमुख सहितको सहभागिता रहेको थियो ।
धनुषा जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको टिल्हीमा सम्पन्न भएको स्वास्थ्य शिविरमा सो क्षेत्रका गरिब तथा विपन्न गर्वका जनताहरूले लाभ लिएका छन् । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको सो स्वास्थ्य शिविरबाट स्थानीय जनता लाभान्वित भएको हंसपुर नगरपालिकाका उपप्रमुख दुर्गा देवी मण्डलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्