तपाईँ सुन्दै हुनुहुन्छः

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विपन्न बिरामीको उपचारका लागी ५ लाख ५५ हजार प्रदान

वीरगञ्ज । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र विपन्न बिरामीको उपचारमा सहयोग गर्न अक्षय कोष स्थापनाका लागि वीरगन्जका एक दाताले ५ लाख ५५ हजार रुपैयाँ चित्रगुप्त समितिलाई प्रदान गर्नुभएको छ ।

वीरगन्ज महानगरपालिका–१ का एक परिवारले चित्रगुप्त समिति वीरगन्जलाई अक्षय कोष स्थापनाका लागि उक्त रकम सहयोग प्रदान गर्नुभएको हो । चित्रगुप्त संरक्षक परिषद्का पूर्व अध्यक्ष समेत रहिसकेका स्वर्गीय कुलानन्द लाल दासको स्मृतिमा उहाँकी पत्नी श्रीमती रम्भा देवी दास तथा छोराहरू सुभाष कुमार दास र मनिष दासले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

दाता परिवारको तर्फबाट आज एक कार्यक्रमबिच मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दास र कोषाध्यक्ष डा आलोक चन्द्र दत्तलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । 

स्व.प्रा. डा. कुलानन्द लाल दासका सुपुत्र मनिष दासले आफ्ना बुबाको स्मृतिमा अक्षय कोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरिब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन आफ्नो परिवारले सहयोग गरेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button