नेकपा एमाले सचिवालय बैठक सुरु
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ ।
पार्टीको ११ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीको सचिवालयको पहिलो बैठक आज बसेको हो । बैठकले भोलि निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फको उम्मेदवारको बन्द सुची र समसामयिक विषयमा छलफल हुनेछ ।
समानुपातिक निर्वाचनको बन्दसूचीमा पार्टीको जिल्ला, प्रदेश र विभिन्न कमिटीबाट सिफारिस भएर आएका नाममा बैठकमा विस्तृत छलफल गर्ने बैठकको मुख्य कार्यसूची भए पनि बैठकमा महाधिवेशनपछि पदाधिकारीबिच जिम्मेवार बाँडफाँडका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्