नेकपा एमाले उदयपुरद्वारा १५ समानुपातिक उम्मेदवार सिफारिस
उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले उदयपुरले समानुपातिकतर्फ १५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले पूर्वमन्त्रीदेखि तत्कालीन जिल्ला विकास समिति अन्तर्गत क्षेत्रीय सदस्यसम्मका नेतालाई उम्मेदवारको रूपमा अघि सारेको हो।
जिल्ला कमिटीको निर्णयअनुसार त्रियुगा नगरपालिका–९ का मन्जुकुमारी चौधरी, बेलका नपा–८ का अम्बिका थापा, कटारी नपा–१ का कला घले, चौदण्डीगढी नगरपालिकाका पदमबहादुर राई, बेलका–३ का सृजना तामाङ, चौदण्डीगढी–६ का कान्ता राई, ताप्ली गाउँपालिका–५ का बेनीबहादुर रम्तेल, कटारी नपा–३ का भिमकुमारी राउत रहेका छन्।
त्यसैगरी उदयपुरगढी गाउँपालिका–७ का खड्गबहादुर परियार, त्रियुगा नगरपालिका–७ का नारदराज थापा, ताप्ली गाउँपालिका–५ का राजन शाही, त्रियुगा नगरपालिका–८ का माया भण्डारी, बेलका नगरपालिका–३ का सुरेश तामाङ, त्रियुगा नगरपालिका–१३ का अनन्त दनुवार र वडा नं. ९ का चन्द्रनारायण चौधरी रहेको सचिव टेकबहादुर राउतले जानकारी दिनुभयो ।
समानुपातिकतर्फ उम्मेदवारका लागि जिल्ला कमिटीबाट निर्णय गरी कोशी प्रदेश कमिटीमा सिफारिस गरिएको सचिव राउतले बताउनुभयो। क्षेत्र, भूगोल र समुदायको प्रतिनिधित्व र पार्टीको नीति, सिद्धान्त र सङ्गठन प्रतिको योगदानलाई ध्यानमा राखी समानुपातिक तर्फको उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको राउतले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्