प्रादेशिक अस्पताल: सामाजिक सेवा इकाईमा गरिब/विपन्नको चाप, स्थानीय सरकारले लिँदैनन् आर्थिक दायित्व
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सामाजिक सेवा इकाईमा गरिब तथा विपन्नहरूको चाप बढेको छ । तर उनीहरूले पाउने यो सेवाका लागि सिफारिस गर्ने स्थानीय सरकारले आर्थिक दायित्व लिँदैनन् । आर्थिक रूपले विपन्न, वृद्ध/वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलियत प्राप्त गर्ने भएपछि अहिले प्रादेशिक अस्पतालमा सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ ।
स्थानीय सकारले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका लागि विपन्न, गरिब तथा लक्षित समुदायको भनेर सिफारिस गर्नेबाहेक आर्थिक दायित्व पूरा नगर्दा समस्या थप जटिल बनेको छ । अस्पतालमा लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका समेत बिरामीहरू उपचारमा आउँदा त्यहाँका स्थानीय सकारले विपन्न, गरिब तथा लक्षित समुदाय उल्लेख गरी सिफारिस गरी पठाउने प्रचलन रहेको छ । यसरी आउने बिरामीहरूलाई अस्पतालले सामाजिक सेवा इकाई मार्फत निःशुल्क, आंशिक तथा सहुलियत दरमा सेवा उपलब्ध गराए पनि त्यसको आर्थिक भार भने अस्पताल विकास समितिलाई मात्रै पर्ने गरेको छ । सरकारले केही लक्षित रोगको उपचारका लागि अनुदान उपलब्ध गराए पनि उक्त रकम पर्याप्त नभएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् ।
कतिपय स्थानीय सकारले हचुवाका भरमा बिरामीलाई गरिब विपन्न परिवार तथा लक्षित समुदाय भनेर सिफारिस गरिदिने समस्या समेत रहेको अस्पतालमा कार्यरत एक कर्मचारीले गुनासो गरे । स्थानीय सकारले नै यसरी गलत काम गरिदिँदा लक्षित समुदायले नभई अन्य समुदायले सेवाको दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको ती कर्मचारीले गुनासो गरे ।
आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार सामाजिक स्वास्थ्य सेवा इकाईबाट सबैभन्दा बढी सेवा लिएको जिल्ला रुपन्देहीमा बुटवल उपमहानगरपालिकाले उपचारमा छुटका लागि सबैभन्दा बढी सिफारिस लेखी पठाएको छ । बुटवल उपमहानगरले २ हजार ६१ जनालाई उपचारमा छुटका लागि सिफारिस लेखि पठाएकोमा अस्पताल विकास समितिले ३७ लाख ५३ हजार ३१९ रुपैयाँ बराबर स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको छ । जस अन्तरगत २६ लाख ७५ हजार ८०४ रुपैयाँ बराबरको प्रयोगशाला जाँच छुट तथा १० लाख ७७ हजार ५१५ रुपैयाँ बराबरको औषधि खर्च छुट रहेको छ ।
यसैगरी समीक्षा अवधिमा तिलोत्तमा नगरपालिकाले ८२३ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेकोमा १६ लाख ७७ हजार ५९० रुपैयाँ बराबरको उपचारमा छुट उपलब्ध गराइएको तथ्याङ्क छ । यो अवधिमा रुपन्देहीका सैनामैना नगरपालिकाले ५४६ जना, गैंडहवा गाउँपालिकाले ११० जना, कञ्चन गाउँपालिकाले २२७ जना, देवदह नगरपालिकाले २७५ जना तथा सुद्धोदन गाउँपालिकाले ५७ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेका छन् । यस्तै सियारी गाउँपालिकाले १०७ जनालाई, कोटहिमाईले १० जना, रोहिणीले २५, मायादेवीले ३३, ओमसतियाले २४ तथा सम्मरिमाई गाउँपालिकाले ७ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाले ३० जनालाई उपचारमा छुट दिन सिफारिस गरेको छ । यसरी स्थानीय सकारका जनप्रतिनिधिहरूले उपचारमा छुट उपलब्ध गराउनका लागि सिफारिस गरे अनुसार अस्पताल विकास समितिको आन्तरिक श्रोतबाट खर्च हुने गरे विभिन्न क्याटोगोरीमा छुट उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यद्यपि स्थानीय सकारले लक्षित वर्ग, गरिब तथा विपन्न परिवारका लागि उपचारमा निश्चित रकम विनियोजन गरेमा अस्पताललाई आर्थिक भार कम पर्ने बताउनुभयो ।
अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकाल बताउँछन् । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको उनी बताउँछन् । स्थानीय सरकारले समेत सामाजिक इकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरूको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै उहाँले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
यस्तै सियारी गाउँपालिकाले १०७ जनालाई, कोटहिमाईले १० जना, रोहिणीले २५, मायादेवीले ३३, ओमसतियाले २४ तथा सम्मरिमाई गाउँपालिकाले ७ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाले ३० जनालाई उपचारमा छुट दिन सिफारिस गरेको छ । यसरी स्थानीय सकारका जनप्रतिनिधिहरूले उपचारमा छुट उपलब्ध गराउनका लागि सिफारिस गरे अनुसार अस्पताल विकास समितिको आन्तरिक श्रोतबाट खर्च हुने गरे विभिन्न क्याटोगोरीमा छुट उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यद्यपि स्थानीय सकारले लक्षित वर्ग, गरिब तथा विपन्न परिवारका लागि उपचारमा निश्चित रकम विनियोजन गरेमा अस्पताललाई आर्थिक भार कम पर्ने उहाँले बताउनुभयो ।
अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकाल बताउँछन् । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको उहाँ बताउनुहुन्छ५ । स्थानीय सरकारले समेत सामाजिक इकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरूको उपचारमा खर्च गर्नसके राम्रो हुने बताउँदै उहाँले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने भएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । सामाजिक सेवा इकाईमार्फत अस्पताल विकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ करोड रुपैयाँ बढीको सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रमबाट २ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।
अस्पतालमा सामाजिक सेवा इकाईमार्फत समीक्षा अवधिमा ८ हजार ९१६ जनालाई सेवा उपलब्ध गराइएको छ । लुम्बिनी प्रदेशका सबै जिल्ला तथा छिमेकी प्रदेशका जिल्लाहरूबाट समेत स्वास्थ्य उपचारका लागि आउने यस अस्पतालमा स्थानीय सरकारको सिफारिसका आधारमा सेवा उपलब्ध गराउने गरिएको छ । यद्यपि स्थानीय सकारले भने उपचार सेवाका लागि कुनै आर्थिक दायित्व लिने गरेका छैनन् ।
स्वास्थ्य सेवा सेवा इकाईका प्रमुख नेत्र आचार्यका अनुसार यस इकाईबाट सेवा लिनेमा सबैभन्दा बढी रुपन्देही जिल्लाका छन् । २०८१/०८२ को तथ्याङ्क अनुसार रुपन्देहीका ४ हजार २५२ जनालाई १ करोड ८८ हजार रकम बराबरको उपचार सेवामा छुट उपलब्ध गराइएको छ । जसको खर्च अस्पताल विकास समितिले आफ्नो आन्तरिक स्रोतबाट ब्यहोर्दै आएको उहाँले बताउनु भयाे । यसैगरी कपिलवस्तुबाट आएका ९०३ जना, नवलपरासीका ५९९ जना, अर्घाखाँचीका ७६४ जना, गुल्मी जिल्लाका ८३६ जना, पाल्पाका ३५४, प्युठानका २७४, दाङका १४२, रोल्पाका १३४, रुकुम पूर्वका १८ तथा बर्दियाका ३ जनालाई स्थानीय जनप्रतिनिधिको सिफारिसका आधारमा उपचारमा छुट सेवा उपलब्ध गराइएको छ । यसैगरी लुम्बिनी प्रदेश बाहिरका जिल्ला तथा अन्य सेवाग्राही ३३७ जनालाई उपचारमा छुट सेवा उपलब्ध गराइएको छ ।
उपचार सेवालाई सहज बनाउनका लागि गरिब तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक सेवा प्रमुख आचार्यले बताए । विपन्न परिवारका बिरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरूलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए ।
अस्पतालमा ६० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । इकाईमार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरू पेश गर्नुपर्ने नियम रहेको छ ।
अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इमर्जेन्सी सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अप्रेशन तथा भर्ना भएका बिरामीहरूलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा इकाईले २४ घन्टा नै सेवा दिँदै आएको छ । सरकारले लक्षित समूहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसहित देशभरका ८८ वटा अस्पतालमा इकाई सञ्चालन गरेको छ ।
आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् तथा जोखिममा नपरून् भन्ने उद्देश्यका साथ सबै जनतालाईलाई स्वास्थ्यको समान पहुँचमा ल्याउने गरी सञ्चालन गरिएको सामाजिक इकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्