तपाईँ सुन्दै हुनुहुन्छः

रक्तदान सम्बन्धी विभिन्न जागरण गीतहरूको लोकार्पण

काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौँले आज रक्तदान सम्बन्धी विभिन्न जागरण गीतहरूको लोकार्पण गरेको छ ।

रक्तदान सम्बन्धी समाजमा जागरण फैलाउने उद्देश्यले जागरण गीतहरू तयार गरिएको र काठमाडौँमा आज आयोजित एक समारोहका बीच लोकार्पण गरिएको वरिष्ठ सङ्गीतकार मनराजा नकर्मीले जानकारी दिनुभयो ।

रक्तदान सम्बन्धी लोकार्पण भएका विभिन्न ६ वटा गीतहरूमा प्रेम सागर कर्माचार्यको शब्द रचना तथा रेडियो नेपालका सङ्गीत शाखाका पूर्व प्रमुख वरिष्ठ सङ्गीतकार मनराजा नकर्मीको सङ्गीत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button