निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड
ललितपुर । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताउनुभयो । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उहाँले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनः स्थापनाको आवाज उठेको हो, ” उहाँले भन्नुभयो ।
उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रूपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्