मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका वडा नं–११, खगेरी पुल नजिकै भित्री बाटोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका–२ बस्ने ३१ वर्षीय मदनकुमार श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०६–००६ प २२४७ नम्बरको मोटरसाइकलका चालक गम्भीर घाइते भई लडिरहेको अवस्थामा उद्धार गरी भरतपुर अस्पताल पुर्याइएकोमा बुधवार राति १०ः३० बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका हुन् ।
दुर्घटना स्थलबाट प्रहरी बिट भोजाडबाट प्रहरी सहायक निरीक्षक विकल मजाकोटीको कमाण्डमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरी अस्पताल पठाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्