तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम

काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ। तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेसँगै विद्यालय पनि बन्द हुन थालेका छन्।

हिमाली क्षेत्रमा हिमपात जारी छ भने काठमाडौँ उपत्यका लगायत अन्य जिल्लाहरूमा पनि तापक्रम र मौसममा उतारचढाव जारी रहेको छ। सोही क्रममा आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार, हिजो काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री रहेको थियो भने आज घटेर ४.९ डिग्री पुगेको छ। यस अनुसार आजको तापक्रम यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम हो। गत मङ्सिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री रहेको थियो।

मौसमविद् दाहालका अनुसार, आज देशका धेरै तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हिमाली क्षेत्रमा मौसम सफा रहेको र पानी वा हिमपात बढी हुने सम्भावना कम रहेको उहाँले बताउनुभयाे।

उहाँले भन्नुभयाे, “तराइमा हुस्सु र कुहिरो लाग्ने समय यही हो। अहिले पश्चिमी वायु सक्रिय हुन सकेको छैन, पानी नपरेका कारण हुस्सु र कुहिरो बढेको हो।”

आज देशमा सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ३ डिग्री पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button