तपाईँ सुन्दै हुनुहुन्छः

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली (रामेछाप) । ऊर्जा जलस्रोत एवं सिँचाइ मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  कार्यालय उद्घाटन कार्यक्रममा उहाँले  निर्वाचनका लागि आवश्यक तयारी भइरहेको पनि बताउनुभयो । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रूपान्तरण भई सबैतिर पुगेको उहाँको भनाइ थियो । 

“सत्तरी असी वर्ष पुराना पार्टीहरूलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो । 

जेनजी आन्दोलन पश्चात् गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरूको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button