प्रतिनिधिसभा निर्वाचन तयारी : सरकार, दल र नागरिकसँग आयोगको छलफल जारी

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले सरकार, राजनीतिक दलहरू र नागरिक प्रतिनिधिसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १:०० बजेदेखि सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिहरू, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनबारे निर्वाचन आयोग र गृह मन्त्रालयले प्रस्तुतीकरण दिइसकेका छन् भने नागरिक प्रतिनिधिहरूको प्रस्तुतीकरण दिने क्रम जारी छ।








प्रतिक्रिया राख्नुहोस्