तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड

लुम्बिनी । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसहिंता उलङ्घनका घटना बढदै गएका भन्दै पत्रकारलाई आचारसिंहता पूण रूपले पालना गर्न जोड दिइको छ ।

पत्रकारले आफ्नो पेसा मर्यादित र व्यवस्थित बनाउनका लागि पनि आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले महासङ्घको सहभागितामा बनेको पत्रकार आचारसहिंता पत्रकारले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकाािरता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्ने बताउँदै उहाँले यो पेसाको मर्यादालाई उचो राख्नुपर्ने उल्लेख गर्नुभयो ।

काउन्सिलका सदस्य शान्ताराम विडारीले पत्रकारिता क्षेत्रमा चुनौती बढेकाले आचारसिंहता पालनामा कडाइ गरिएको बताउनुभयो । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहोराले आचारसहिंता उलङ्घनका २८० वटा उजुरी काउन्सिलमा दर्ता भएका जानकारी गराउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसहिंता उलङ्घनका घटना बढ्दै गएका बताउँदै आचारसहिंता उलङ्घन गर्नेलाई गल्ती सच्चाएर आफ्नो पेसाप्रति जवाफदेही भएर काम गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button