तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश : सभामुखका लागि एमालेबाट त्रिलोकीको उम्मेदवारी दर्ता

जनकपुरधाम । नेकपा एमालेका प्रदेश सभाका सदस्य त्रिलोकी प्रसादले मधेस प्रदेशसभाको सभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ ।

एमाले प्रदेश सभा सदस्य शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले पार्टीको निर्देशन अनुसार उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

यसअघि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवको उम्मेदवारी परिसकेको छ । आज साँढे ३ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएको छ भने भोलि बस्ने प्रदेश सभा बैठकमा दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button