तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन शुरु

oplus_0

जनकपुरधाम । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु भएको छ । 

जनकपुरधाम जेसिजको आतिथ्यमा जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा शुरु भएको  महाधिवेशनमा ७७ जिल्लाका १ सय ७४ शाखाका करिब ५ हजार युवाहरूको सहभागिता रहेको छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनि थापाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष एवं जापानका प्रसिद्ध एवं सफल व्यवसायी सुजुकीको प्रमुख आतिथ्यतामा हुने महाधिवेशनमा १८ वर्षदेखि ४० वर्षका युवाहरूको सहभागिता रहने जनाइएको छ ।  

जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशनमा नेपालका सफल युवा उद्यमीहरू, वन डढेलो सम्बन्धी विज्ञ तथा अन्य क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहेको जनाइएको छ ।

युवाहरूको महाकुम्भको रूपमा शुरु भएको नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन अगामी पुस ७ गते सन् २०२६ का लागि नयाँ नेतृत्वको चयन गर्दै समापन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button