एमालेको ११औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा पोखरेल विजयी
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा के पी शर्मा ओली विजयी बन्नुभएको छ । ११ औ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित अध्यक्ष ओली १६६३ मतका साथ विजयी बन्नुभएको हो । अध्यक्ष ओलीका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी महासचिवमा शङ्कर पोखरेल १२२८ मत ल्याएर महासचिवमा विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभयो ।
उपाध्यायहरूमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभएको छ ।
एमाले पार्टीको ५ उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजयी बन्नुभएको छ ।
त्यसैगरी सचिवहरूमा पद्मा अर्याल, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, यमलाल कँडेल, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा र र राजन भट्टराई विजयी हुनुभएको हो ।
नौ सचिव पदका लागि सबैभन्दा बढी २० जनाको उम्मेदवारी परेको थियो । पार्टी निर्वाचन आयोगले केही बेरमा १९ जनाको पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको मतपरिणाम सार्वजनिक गर्दैछ








प्रतिक्रिया राख्नुहोस्