लोसपाले रौतहटका चारै निर्वाचन क्षेत्रमा गरे उम्मेदवार नाम सिफारिस
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि रौतहटका चार वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
लोसपा जिल्लाका अध्यक्ष भरत साहका अनुसार रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ बाबुलाल साह, अनिल सिंह र मुकेश झा रहेका छन् भने सोही क्षेत्रमा समानुपातिकतर्फ राजदेवी नगरपालिका–८ का जितेन्द्र कुमार पण्डित (कुमहार) को नाम सिफारिस गरिएको हो ।
यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ गौर नगरपालिका–९ का अरुण कुमार सिंह सिफारिस हुनुभएको छ । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ कटहरिया नगरपालिका–८ का राजु कुमार श्रीवास्तवलाई उम्मेदवारका रूपमा अघि सारिएको हो ।
त्यसैगरी, संसदीय निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ भाग्यनारायण तिवारी तथा समानुपातिकतर्फ गढीमाई नगरपालिका–४ का कुमार सानु साह सहितका नाम सिफारिस हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्