जंगली जनावरका लागि थापिएको पासोमा चितुवा पर्यो
बैतडी। बैतडीमा चितुवा पासोमा फसेको छ । जिल्लाको सिगास गाउँपालिका-२ भिमराडीमा जंगली जनावरका लागी थापेको पासोमा चितुवा फसेको हो ।

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उहाँले बताउनुभयो ।
चितुवाको अगाडिको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्