तपाईँ सुन्दै हुनुहुन्छः

यु–१९ एसिया कप: नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ ।  एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । 

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो । 

बङ्गलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button