निर्वाचन पहिलो प्राथमिकता : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज पदभार ग्रहण गर्नुभएको छ ।
मन्त्री सिन्हाले आज पर्यटन मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै हिमाल सफा राख्ने कार्ययोजना स्वीकृत गर्नुभएको छ । सो अवसरमा उहाँले मन्त्रालय मातहतका निकाय र विभागमा देखिएका समस्या समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचन गराउनका लागि नियुक्त भएका हौँ । अन्य क्षेत्र विकास निर्माणभन्दा मन्त्रालय मातहतका निकाएका समस्या समाधान गर्ने पहल गर्छौँ ।
मन्त्री सिन्हाले सबै कर्मचारीहरू सङ्घको साथ सहयोगमा मन्त्रालयका काम कारबाही अगाडि बढाउने जानकारी गराउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्