आइसिसी अध्यक्ष शाहद्वारा क्यान अध्यक्ष चन्दलाई बधाई

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ र अध्यक्ष चतुर बहादुर चन्दलाई बधाई दिनुभएको छ ।
एनपीएल दोस्रो सिजनको सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकोमा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिनुभएको हो ।
साथै पत्रमा अध्यक्ष चन्दको नेतृत्वमा नेपाली क्रिकेट अर्को नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ । त्यस्तै एनपिएलले नयाँ खेलाडी मात्र उत्पादन गर्ने नभई अन्तराष्ट्रियस्तरमा समेत आफूलाई बलियो बनाउदै लैजानेमा अध्यक्ष शाहले विश्वास ब्यक्त गर्नुभएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्