चलचित्र निर्देशक सन्तलाल घिसिङको निधन
काठमाडौँ । चलचित्र निर्देशक सन्तलाल घिसिङको निधन भएको छ ।
उहाँको शनिबार राती करिब साँढे सात बजे चितवनस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय घिसिङले करिब दुई दर्जन भन्दा बढी चलचित्रको निर्देशन गर्नुभएको छ । विशेष गरी तामाङ चलचित्र निर्माण र निर्देशनमा रहनु भएका उहाँले मायाला छो, दुङाल, च्याङ्बा, लानी, मायाला छो, जालमाया लगायत सिनेमाको निर्देशन गर्नुभएको थियो । तामाङ चलचित्र संघका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँ पछिल्लो समय ‘जिन्जि ताम’ नामक तामाङ सिनेमाको निर्माणको क्रममा रहनुभएको थियो ।
२०३५ साल असार १७ गते बुबा श्याम बहादुर घिसिङ र आमा डोलकुमारी तामाङको कोखबाट भरतपुर,२४-नयाँबस्तिमा जन्मनु भएका घिसिङ केही समय अघि देखि जन्डिसबाट पिडित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्