तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीद्वारा पदवहाली

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्नुभएको छ । 

उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।

पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भन्नुभयो । “नेपालको जमिन उर्वर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button