तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जिप दुर्घटना: तीन जनाको मृत्यु, आठ घाइते

पाल्पा। पाल्पाको निस्दी गाउँपालिकामा जिप दुर्घटना भएको छ।

आज बिहान मित्याल–अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी गाउँपालिका–४ मित्याल चिउरेबास भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ,भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन । 

जिप सडकदेखि एक सय मिटर तल खोल्सोमा खसेको छ । अरूणखोलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो । 

घाइतेहरूलाई उपचारका लागि रामपुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button